Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा निषेधाज्ञा लम्बिने, जेठ २२ गतेसम्म निषेधाज्ञा !

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०७८, मंगलबार
सुनसरीमा निषेधाज्ञा लम्बिने, जेठ २२ गतेसम्म निषेधाज्ञा !

धरानः छिमेकी जिल्ला मोरङमा जेठ १७ गतेसम्म निषेधाज्ञा अर्थात् लकडाउन थपिएको छ । मोरङले साताका निषेधाज्ञा जारी गरेको हो ।
यस्तै, सुनसरीमा सातादिन लकडाउन लम्ब्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका यसअघि जारी निषेधाज्ञा जेठ १५ गते सकिँदैछ । जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआएको हुनाले निषेधाज्ञा सातादिन लम्ब्याइने जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोख्रेलले जानकारी दिए ।
‘जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसिसिएमसी), जिल्लाभरका जनप्रनिनिधिहरुबीच पर्सि (बिहीबार) बैठक बसेर निर्णय गर्नेछ’, उनले भने, ‘विशेषतः निषेधाज्ञाले संक्रमणदर पनि घटेको पाइएकोले फलदायी भएको पाइएको छ भने जनप्रतिनिधिबाट पनि यस्तै कुरा आएको हुनाले निषेधाज्ञा थपिनेछ ।’
अहिले सुनसरीमा ३ हजार ६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । भने ८५ जनाको मृत्यु भइसकेको छ । उनले हाल कोरोना संक्रमणको दर घट्दो रहेको जानकारी दिए । ‘निषेधाज्ञा लगाइएपछि कोरोना संक्रमण दर घट्दै आइरहेको छ तर पनि हप्तादिन निषेधाज्ञा जारी भए अझै केही नियन्त्रणमा आउँछ भन्ने हो’, उनले भने ।

प्रकाशित मिति: जेष्ठ ११ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend