Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपीमा अक्सिजन प्लान्ट शुरु गरिसक्यौं, अब अक्सिजनको अभाव हुँदैनः अस्पताल निर्देशक

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०७८, मंगलबार
धरानको बीपीमा अक्सिजन प्लान्ट शुरु गरिसक्यौं, अब अक्सिजनको अभाव हुँदैनः अस्पताल निर्देशक

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालले अक्सिजन प्लान्ट पूर्णरुपले सञ्चालनमा आएको जनाइएको छ ।
अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर शाहले एक विज्ञप्ति जारी गर्दै अक्सिजन प्लान्ट सञ्चालनमा आइसकेको र अब अक्सिजनको अभाव नहुने जानकारी दिएका हुन् ।
अक्सिजनको प्रमुख स्रोत प्रतिष्ठानको अक्सिजन प्लान्ट रहेको र विकल्पको रुपमा ‘मेनिफोल्ड’ मार्फत् पनि अक्सिजन उपलब्ध गराउँदै आएको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको अत्याधिक चाप रहेकोले निरन्तर प्लान्ट सञ्चालनमा रहँदा केहीदिनअघि प्राविधिक समस्या आएकाले मर्मत भइरहँदा अक्सिजनको अभाव रहेको थियो ।’
विज्ञप्तिमा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति दुःख व्यक्त गरिएको छ ।
प्रतिष्ठानमा कोरोनाको महामारीमा कोभिड अस्पतालमा बेडको अभाव, अक्सिजनको अभाव, भेन्टिलेटरको अभाव तथा चिकित्सक, स्वास्थ्यकर्मीको समेत अभाव रहेको धरानका दलहरुले जनाउँदै आएका छन् ।
प्रतिष्ठानमा हाल आइसियु र डायलाइसिसको सेवा समेत हालसम्म विस्तार हुन नसकेको जनाइएको छ । यसअघि नेपाली कांग्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, जनमुक्ति, संघीय लोकतात्रिक, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृतसहित ८ राजनीतिक दलले संयुक्तरुपमा ध्यानाकर्षणपत्र बुझाउँदै उपकुलपतिको कार्यालयमा धर्ना समेत दिएका थिए ।

प्रकाशित मिति: जेष्ठ ११ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend