Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-२ की ४० वर्षीया महिलाको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ १२ २०७८, बुधबार
धरान-२ की ४० वर्षीया महिलाको मृत्यु

धरानः धरानमा ४० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान–२ सुनसरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ५ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १० गते नै अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचापसम्बन्धी समस्या थियो ।
बुधबार १ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
यस्तै, ६० वर्षीया संक्रमित महिलाको मृत्यु भएको छ । तिरहुत–३ सप्तरीकी संक्रमित महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ६ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत ६ गते नै अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचापसम्बन्धी समस्या थियो ।
मंगलबार ११ः३५० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । शवको व्यवस्थापन स्वास्थ्य मापदण्डअनुसार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend