Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको प्रहरी चौकीमा आक्रमण

हाम्रो कोशी आवाज
जेष्ठ १३ २०७८, बिहिबार
धरानको प्रहरी चौकीमा आक्रमण

धरानः धरान–१५ स्थित अस्थायी प्रहरी चौकीमै पुगेर हतियारधारी समूहले आक्रमण गरेको छ ।
बिहीबार साँझ खुकुरी र तरबारीसहित पुगेका केही समूहले आक्रमण गरेको हो । आक्रमणमा कार्यालयका प्रमुख असई सुमन दाहाल घाइते समेत भएका छन् । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले आफूहरु घटनास्थलमा रहेको र बुझ्ने काम भइरहेको जानकारी दिए । ‘अहिले हामी घटनास्थलमै बुझ्ने र आक्रमणकारीलाई पक्राउ गर्ने तयारीमा छौं, केहीक्षणपछि घटनाबारे विस्तृत जानकारी आइहाल्छ ।’
आधा दर्जन बढी युवाहरु पुगेर त्यहाँ आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीले घाइते दाहाललाई खुकुरी प्रहार गरेका थिए । उनको हातमा चोट लागेको प्रहरीले जनाएको छ । ‘योजनाबद्ध ढङ्गले नै आक्रमण गरेको पाइएको छ’, प्रहरी निरीक्षक ओलीले भने ।

प्रकाशित मिति: जेष्ठ १३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend