संखुवासभाः निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले तुम्लिङटार विमानस्थलमा एटिआर ७२ को परीक्षण उडान गरेको छ ।
परीक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी भोलाप्रसाद गुरागाई, डेपुटी डाइरेक्टर जनरल, क्याप्टेन दधिराम निरौला, इन्सपेक्टर, फ्लाइट अपरेशनलगायत बुद्ध एयरका अपरेशन तथा टेक्निकल टिमका अधिकारीहरु सामेल थिए ।
एटिआर जहाजको सञ्चालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने हुँदा हवाई भाडा अझ सहज र सरल हुने बुद्ध एयरको भनाइ छ ।
बुद्धसँग रहेका १५ जहाजमा १३ वटा एटिआर प्रकृतिका जहाज छन् । जसमा ११ वटा एटिआर ७२ जहाज र २ वटा एटिआर ४२ जहाज रहेका छन् ।
