ताप्लेजुङः प्रसिद्ध धार्मिकस्थाल पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवाल कोभिड संक्रमणका कारण निधन भएको छ ।
कोरोना संक्रमण भएर अमेरिकामा उपचाररत बरुवालको सोमबार राति निधन भएको जिल्ला प्रशासन ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । केही वर्षदेखि परिवार अमेरिका रहेका कारण गत वैशाखमा मात्रै अमेरिका पुगेका बरुवाल कोरोना संक्रमित भएर अमेरिकामै उपचाररत पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।
ताप्लेजुङको पाथिभरा क्षेत्र विकास समितिमा २०७४ सालमा नेपाल सरकारबाट अध्यक्षमा नियुक्ति भएका थिए । बरुवाल झापा कोरोबारी निवासी बरुवाल महेन्द्र रत्न क्याम्पस ताहाचलका प्राध्यापक समेत थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व स्वकीय सचिव हुन् ।
