Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा गुडिरहेको टयाक्टरबाट रोडमा खस्दा मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ २६ २०७८, बुधबार
धरानमा गुडिरहेको टयाक्टरबाट रोडमा खस्दा मृत्यु

धरानः धरानमा गुड्दै गरेको टयाक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
धरान-८ ट्राफिक अफिसअगाडिपट्टि लडेर  बराहक्षेत्र-६ ५० वर्षीय बाबुराम पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
उनी को१त ६७ नम्बर को फोहोर बोक्ने टयाक्टरमा चढेका थिए । धरान उपमहानगरपालिकाको फोहोर बोकेर तीब्र गतिमा दौडिएको टयाक्टरबाट लडेर उनको मृत्यु भएको उनले जानकारी दिए । ‘धरान उपमहानगरको फोहोर बोकेर तीनकुनेतर्फ जाँदै गरेको अवस्थामा पछाडि रहेका उनी ट्याक्टरबाट लडेको पाइयो’, उनले भने, ‘धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञाना प्रतिष्ठान धरानमा उपचारका क्रममा उनको निधन भयो ।’
धरान उपमहानगरको फोहोर बोक्ने ट्याक्टरबाट उनी खस्ने साथैै उनलाई उपचारका लागि प्रतिष्ठान लगिएको थियो । करिब १२ः४५ बजे सो घटना भएको प्रहरीले जनाएको छ । उनी धरान उपमहानगरपालिकाका सफाइ मजदुर थिए । धरान उपमहानगरपालिकाको नगर प्रहरी प्रमुख विष्णु कोइरालाका अनुसार उनी डिकीबाट झरेपछि अस्पताल पुरयाएर उपचार गर्दैगर्दा चिकित्सकले मृत घोषित गरेका थिए । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
चालक र टयाक्टरलाई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक सुरज डोमलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौं’, प्रहरी निरीक्षक ओलीले भने ।

प्रकाशित मिति: जेष्ठ २६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend