Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

थपिएको निषेधाज्ञामा यसरी हुनेछ बैंकहरुको सेवा प्रवाह, बैंकहरुले ग्राहकको चापअनुसार शाखा खोल्न पाउने

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०७८, सोमबार
थपिएको निषेधाज्ञामा यसरी हुनेछ बैंकहरुको सेवा प्रवाह, बैंकहरुले ग्राहकको चापअनुसार शाखा खोल्न पाउने

धरानः बैंक तथा वित्तय संस्थाहरुका लागि नेपाल राष्ट्र बैंकले सोमबार नयाँ निर्देशन जारी गरेको छ । थपिएको निषेधाज्ञाका बेला स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन भनिएको छ । बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैंकले भनेको छ । सेवाग्राहीलाई पनि सकभर विद्युतीय माध्यमबाट कारोबारमा प्रोत्साहित गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । “ग्राहकको चापलाई समेत दृष्टिगत गरी शाखाहरु खोल्ने र यसरी शाखाहरु खोल्दा सकेसम्म न्यूनतम संख्यामा शाखाहरु सञ्चालनमा ल्याई बैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्दा बन्द हुने शाखा कार्यालयको मूल ढोका, संस्थाको वेबसाइट तथा समाजिक सन्जाल समेतमा सेवा सम्बन्धी सोधपूछको लागि सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा, शाखा खुला रहने समयसम्बन्धी सूचना दैनिक रुपमा प्रकाशन गनुपर्छ,” सोमबार राष्ट्र बैंकले जारी गरेको सूचनमा उल्लेख छ ।

प्रकाशित मिति: जेष्ठ ३१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend