ताप्लेजुङः सङ्घीय संरचनामा नेपाल गएपछि स्थानीय, प्रदेश र केन्द्र सरकारको निर्वाचन भएको असार १५ गते चार वर्षमा प्रवेश गर्दैछ । सङ्घीय संरचनाअनुसार तीन तहका सरकार अहिले सक्रिय छ । तीन सरकार स्थापन भएसँगै दुर्गम गाउँहरु सुगम हुँदै गएको छ । गाउँ–गाउँमा सडक सञ्जालले जोडिएसँगै दुर्गम गाउँहरु सुगम हुँदै गएको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका गाउँपालिका भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गरे । उनले आधा उमेर गइसके पछिमात्र गाडी देख्न पाए । उनी ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुगेका थिए । तर अहिले घरको आँगनबाटै दैनिक १०–१२ वटा गाडी ओहोरदोहोर गर्दछन् । उनी आफ्नो घरको आँगनमा बसेर दैनिक गुडिरहने गाडीहरु हेदै विगका दिनहरु सम्झरन्छन् । ‘खाद्यान्न लिन धरानसम्म पैदल हिँडेरै पुग्थ्यौं तर अहिले घर घरमै खाद्यान्न आइपुग्दा अचम्मित छौं ।’ भगिमाया भन्छिन् ।
दैनिक खाद्य सामग्री लिनका लागि वर्षमा दुईपटक सदरमुकाम फुङलिङ पुग्ने फक्ताङलुङ गाउँपालिका–६ दावा शेर्पा आजभोलि सदरमुकाम पुग्न छाडेका छन् । अहिले उनकै घर–आगनमा सडक पुगेको छ । दैनिक उपभोग्य वस्तु गाडीले आँगनमै पुरयादिन्छ ।
गत वर्षसम्म गाडी चढ्न सिरिजङ्गा गाउँपालिका–६ मामाखे गाउँमा समुदायले खाम्देम्बेसम्म एकदिनसम्म पैदल हिँडेर पुग्नुपथ्र्यो । दैनिक आवश्यता सामग्री लिन खाम्देम्बेसम्म पुग्दै आएको थियो । तर गत हप्तादेखि मामाखे गाउँमा सडक पुगेको छ । लामो समयपछि मामाखे गाउँमा सडक पुग्दा मामाखे गाउँका समुदाय खुशी भएको सिरिजंगा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुखराज लिम्बूले बताए ।
सिनाम–सिरिजंगा गाउँपालिका केन्द्र तेल्लोक हुँदै विश्वको दोस्रो अग्लो हिमाल कञ्चनजंघासम्म सडक पुरयाउने १ नम्बर प्रदेश सरकारले परिकल्पना गरेको छ । त्यसैले सिनाम–सिरिजंगा गाउँपालिका केन्द्र तेल्लोक हुँदै विश्वको दोस्रो अग्लो हिमाल कञ्चनजंघा सडक खण्डको लागि गत आर्थिक वर्षमा १ नम्बर प्रदेश सरकारले एक करोड दश लाख बजेट विनियोजन गरेको छ । अहिले सो बजेटले काम भइरहेको वडा अध्यक्ष लिम्बूले बताए ।
गत हप्ता सिरिजंगा गाउँपालिका–६ मामाखे गाउँमा सडक सञ्जालले जोडिएसँगै ताप्लेजुङको बसै वडाहरुमा सडक सञ्जालले जोडिएको छ । ६० वडाहरुमा अगाडि नै सडक सञ्जालले जोडिएको थियो । गत हप्ता मात्र सिरिजंघा गाउँपालिका–६ वडाको सीमानामा सडक प्रवेश गरेपछि जिल्लाको सबै वडाहरुका सडक पुगेको सिरिजंघा गाउँपालिकाका वडा अध्यक्ष पूर्णसिंह लिम्बूले बताए ।
ताप्लेजुङमा ९ स्थानीय तह रहेको छ । जसमा ६१ वडा रहेको छ । अहिले ६१ वडाहरुमा सडक सञ्जालले प्रत्यक्ष जोडिएको छ । क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो गाउँपालिका फक्ताङलुङ गाउँपालिका वडा नम्बर ७ ओलाङचुङगोला मित्र राष्ट्र चीनसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ । ओलाङचुङगोलादेखि २४ किलोमिटर तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ । उत्ता सुनसरीको चतरादेखि राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर सडक चीनसँग जोडिन ३ किलोमिटर मात्र बाँकी रहेको उत्तर दक्षिण लोकमार्गको कार्यालय ताप्लेजुङका सूचना अधिकारी मधव पौडेलले बताए ।
मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सीनामा सडक प्रवेश गरेको मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष डण्डु लामाले बताए । वडा कार्यालयसम्म पुग्न केही समय लाग्ने भएपनि आफ्नो वडामा सडकले जोडिएको लामाले बताए ।
स्थानीय सरकारहरुले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिकता दिएकाले दुर्गम वस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो । जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायहरुलाई दैनिकीमा सहर्जता आएको छ ।
जिल्लाको सबै वडाहरुमा सडक पुगेसँगै गाउँ–गाउँमा गाडीको लागि टिकट काउटरहरु खुलिएको छ । दैनिक सदरमुकामदेखि विभिन्न गाउँगाउँमा सार्वजनिक बस लाग्ने गरेको छ । कच्ची बाटो भएकाले ठूलो सिटको बसहरु भने जान सकिरहेको भने छैन ।
आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ । मेरिङदेन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै बिर्तामोड, दमक विराटनगर बस सेवा सञ्चालन भइरहेको छ । सिरिजंघा गाउँपालिकाको खाम्देम्बे बजारदेखि विगतदेखि नै बिर्तामोड, दमक विराटनगर बस सेवा सञ्चालन भइरहेको छ । सिदिङवा गाउँपालिका केन्द्रदेखि पनि सदरमुका नआइए अन्य लिल्लामा यातायात सेवा सञ्चालन भइरहेको छ ।
चालु आर्थिक वर्षमा १ नम्बर प्रदेशले १७६ वटा योजना ताप्लेजुङमा छनौटमा परेको थियो । जसमध्ये २० वटा सडक आयोजनाहरु छनौटमा परेको थियो । प्रदेशकै गौरवको आयोजन अन्तर्गत ताप्लेजुङको सदरमुकाम फुङलिङदेखि पाथीभरा याङवरक गाउँपालिका र सिरिजंगा गाउँपालिका हुँदै विश्वको तेस्रो अग्लो कञ्चनजंगा हिमालको बेस क्याम्पसम्म पुग्ने पर्यकटकीय सडक आयोजन निर्माण कार्य भइरहेको छ । यो सडक आहिले सिरिजंगा गाउँपालिका–६ मामाखे गाउँमा निर्माणाधीन अवस्थामा रहेको छ ।
गाउँ–गाउँमा सडक सञ्जालले जोडिएसँगै गाउँदेखि सदरमुकाम नपुगी अन्य जिल्लामा समेत जान थालेको छ । आवश्यक खाद्यान्न सामग्री घर–घरमा पुग्न थालेको छ । दुर्गम गाउँहरुमा सडक सञ्जालले जाडिएसँगै दुर्गम गाउँहरु विस्तारै सुगम हुँदै गएको छ ।


