धरानः धरान-११ सयपत्री चौकका युवा औषधिसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनलाई मङ्गलबार राति पक्राउ गरिएको हो ।
प्रतिबन्धित औषधिसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय मुकेश कार्की रहेका छन् ।
उनलाई प्रतिबन्धीत औषधि ओपोटयाब २००० टयाब्लेट, स्पास्मो १२३० टयाब्लेट, स्पास्मो फोक्सिबोन २०५० क्याप्सुलसहित पक्राउ गरिएको हो । पक्राउ परेका कार्कीको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







