धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ ।
बैठक भोलि (बुधबार) हुने नगरसभामा केन्द्रित बजेट, नीति तथा कार्यक्रममाथि साथै तयारीबारे छलफल हुने प्रवक्ता मणिराम राईले जानकारी दिए ।
‘आज ४ बजे बस्ने भनिएको बैठक भोलि हुने नगरसभामा प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेटबारे विशेष छलफल हुनेछ’, उनले भने, ‘विशेषतः वडाध्यक्षहरुले बजेट वडाकेन्द्रित हुनुपर्ने बताउँदै आएका छन्, सोहीअनुसार हुन्छ भन्नेमा ढुक्क छौं ।’ बजेट चित्त बुझ्नेगरी बन्नेमा आशावादी रहेको धरान-१७ का वडाध्यक्ष मनोज भट्टराईले जानकारी दिए । सो नगर सभामा नीति तथा कार्यक्रम र बजेटको सिलिङबारे छलफल हुने बताइएको छ । उनका अनुसार यसपटकको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित भएको छ । ‘वडागत बजेट विनियोजन हुनुपर्छ भन्ने हो ’, उनले भने, ‘त्यहीअनुसार आउँछ ।’
धरान उपमहानगरपालिकाको भोलि दिउँसो सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा नगरसभा हुनेछ । यो ८ औं नगरसभा हो । -बार सच्याइएको







