धरानः धरानमा मोटरसाइकल दुर्घटनामा एकजना प्रहरी जवान घाइते भएका छन् ।
भेडेटारबाट धरानतर्फ आउने क्रममा विराटनगर–१७ घर भएका प्रहरी जवान अमित गुरागाईं घाइते भएको प्रहरीले जनाएको छ । प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख सञ्जीवकुमार शर्माका अनुसार इलाका प्रहरी कार्यालय पाख्रिबास धनकुटा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत प्रहरी हुन् ।
उनी को२७प ७४८० नं. को मोटरसाइकलमा सवार थिए । मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो । बायाँ खुट्टा भाँचिई घाइते बनेका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीब्रगतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

