Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१६ मा घरको गेटमा झुन्डिएको अवस्थामा शव फेला

हाम्रो कोशी आवाज
असार ११ २०७८, शुक्रबार
धरान-१६ मा घरको गेटमा झुन्डिएको अवस्थामा शव फेला

धरानः धरान–१६ स्थित धरान रङ्गशाला छेऊमा एक व्यक्तिको झुन्डिएको अवस्थामा शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले घटनाबारे अनुसन्धान भइरहेको बताए । निरीक्षक ओलीका अनुसार बिहान ४ बजे उनी घरमै झुन्डिएको अवस्थामा भेटिएका थिए ।
उनी ५० वर्षीय गोविन्दप्रसाद दाहाल रहेको प्रहरीले जनाएको छ । दोस्रो तल्लामा रहेको चेनगेटमा रहेको फलामको रडमा प्लाष्टिकको डोरीले पासो लगाइएको अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ । ‘सबै काम सकेर अहिले पोष्टमार्टमका लागि शव ल्याइएको छ’, निरीक्षक ओलीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति: असार ११ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend