धरानः धरान उपमहानगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय बिमल भुजेल र धरान–१५ का ४१ वर्षीय आइतराज लिम्बूलाई तीन ग्राम ब्राउनसुगर र १ बोतल डाइलक्स डिसीसहित पक्राउ गरेको हो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
यस्तै, झापाको इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ६ बजे दमक नगरपालिका–५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ वर्षीय निगम लिम्बूलाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको छ । मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बूलाई रोकेर चेकजाँच गर्ने क्रममा लिम्बूको साथबाट नियन्त्रीत लागूऔषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको थियो ।