Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका स्वर्णपदक जित्ने खेलाडीलाई नगदसहित पुरस्कार वितरण

हाम्रो कोशी आवाज
असार १८ २०७८, शुक्रबार
धरानका स्वर्णपदक जित्ने खेलाडीलाई नगदसहित पुरस्कार वितरण

धरानः २६ औं विश्व खेलकुद दिवसको अवसरमा धरानका ७ जना स्वर्णपदक बिजेता बक्सिङ खेलाडीहरुलाई प्रोत्साहनस्वरुप नगद पुस्कार वितरण गरिएको छ ।
सुनसरी जिल्ला बक्सिङ संघले धरान–१६ स्थित रङ्गशालामा आयोजना गरेको कार्यक्रममा धरान उपमहानगरका मेयर तिलक राईले खेलाडीहरुलाई जनही ५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार वितरण गरेका थिए ।
धरानमा आयोजित गत चैत्र २५, २६ र २७ गते प्रदेशस्तरीय वीर गणेशमान सिंह नोभिस बक्सिङ च्याम्पियनसीप प्रतियोगितामा धरानका ७ जना खेलाडीहरुले स्वर्णपदक जितेका थिए ।
बिजेता खेलाडीहरुलाई सुनसरी जिल्ला बक्सिङ संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा प्रोत्साहन पुरस्कार वितरण गरिएको हो । बक्सिङ खेलमा पहिलोपटक रिङमा प्रवेश गर्ने खेलाडीलाई नोभिस भनिन्छ । मेयर राईले स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही नगद ५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।
सुनसरी जिल्ला बक्सिङ संघका अध्यक्ष विकास कुमार गुवाजुका अनुसार वीर गणेशमानसिंह नोभिस बक्सिङ च्याम्पियनसीप प्रतियोगितामा महिलातर्फ (५१ केजी) ओङबुङ्ला हाङमा शुभानी राई, (५४ केजी) एलिसका रत्न, (५७ केजी) सृजना गुरुङले स्वर्णपदक प्राप्त गरेका थिए भने पुरुषतर्फ (५२ केजी) सिंहवीर लिम्बू, (५६ केजी) सौगात लामा, (६४ केजी) धिरज गुरुङ र (७५ केजी) अमृत लिम्बूले स्वर्ण पदक जितेका थिए । प्रशिक्षक शौरभ लामालाई पनि मेडल लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मेयर राई र वडा नं. १८ का वडाध्यक्ष प्रविण राई (नरेन्द्र) ले बक्सिङ संघलाई ५ हजार रुपैयाँ सहयोग समेत गरेका थिए ।
धरानका नोबीस स्वर्ण पदक ७ विजेता बक्सिङ खेलाडीलाई नगदसहित प्रोत्साहान स्वरुप सम्मान
वीर गणेशमान सिंह नोविस १ नं. प्रदेश स्तरिय बक्सिङ च्याम्पियन २०७७ कार्यक्रममा सहयोग पुरयाएका वडा न० १८ का वडा अध्यक्ष प्रविण राईलाई टोपी लगाएर प्रशंसापत्रले सम्मान समेत गरिएको थियो ।
खेल क्षेत्र ठूलो क्षेत्र रहेको बताउँदै मेयर राईले उपमहानगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथमिकतामा ंराखेको बताए । मेयर राईले खेलकुद क्षेत्रमा धेरै खर्च गर्न नसकेको बताउँदै उपमहानगरपालिकाले चालु वर्षमा एक करोड बजेट छुट्याएको बताएका छन् । मेयर राईले खेललाई व्यवसायीकरण गर्न सुझाव पनि दिएका छन । बक्सिङ खेलको अत्यन्तै महत्व रहेको बताउँदै बक्सिङ खेलले धरानलाई चिनाएको मेयर राईको भनाई छ ।
यस्तै, शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख रत्न कट्वालले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद क्षेत्र सोचे जस्तो तरिकाले अगाडी बढ्न नसकेको बताए । राष्ट्रको शिर उच्च बनाउने क्षेत्र नै खेलकुद क्षेत्र हो । तर, राज्यले नै खेलकुद क्षेत्रलाई बुझ्न नसकेको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य देवेन्द्रबहादुर लिम्बूले समेत शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य देवेन्द्रबहादुर लिम्बूले २६ औं विश्व खेलकुद तथा सुनसरी जिल्ला बक्सिङ संघको स्थापना भएको जानकारी गराउँदै स्वागत मन्तव्य राखेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रकाशित मिति: असार १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend