Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युएन, नवोदय कलेजले थप सङ्कायमा पढाइ थाल्ने

हाम्रो कोशी आवाज
असार १९ २०७८, शनिबार
युएन, नवोदय कलेजले थप सङ्कायमा पढाइ थाल्ने

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजले साइन्स, कम्प्युटर साइन्स र फुड एण्ड न्युट्रीसन सङ्कायमा पनि पठनपाठन थाल्ने भएको छ ।
कलेजले शनिबार पत्रकार सम्मेलन गरी कलेजले सञ्चालन गर्ने नया विषयका बारेमा जानकारी गराएको हो । यस वर्षदेखि यी सङ्काय पनि भित्र्याएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । ‘यसअघि म्यानेजमेण्ट र होटल म्यानेजमेण्टमा अध्ययन–अध्यापन हुने गरेको थियो, विद्यार्थी, अभिभावकले विज्ञान सङ्काय पनि आइदिए हुन्थ्यो भनिरहेका थिए’, उनले भने, ‘त्यही भएर यी सङ्काय पनि भित्र्याइएको हो ।’
उनले परम्परागत तरिकाले भन्दा अलि फरक तरिकाले यी सङ्कायको शुरुवात गर्न लागिएको जानकारी दिए । ‘हामीले होटल म्यानेजमेण्ट, म्यानेजमेण्ट र बिएचएममा प्रदेश १ ब्राण्डका रुपमा स्थापित गरयौं’, उनले भने, ‘यसलाई पनि ब्राण्ड बनाउने हाम्रो दावी हो, हाम्रो उद्देश्य भनेको विद्यार्थीले यी सङ्काय पढेर डाक्टर कि इन्जिनियर बनुन् भन्ने हो, त्यसका लागि लागिसकेका छौं ।’

उनले सो सङ्कायका लागि धरानस्थित बीपी प्रतिष्ठानका चिकित्सक र पूर्वाञ्चल इन्जिनियरिङ कलेजका विज्ञहरुलाई कलेजमा जोडिइसकेको जानकारी दिए । ‘कसरी डाक्टर बन्ने र कसरी इन्जिनियर बन्ने भन्नेबारेमा डाक्टर र इन्जिनियर बोलाएर विद्यार्थीका लागि विशेष कक्षा चलाउने तयारी गरिरहेका छौं ।’ उनले भने ।
म्यानेजमेण्ट र होटल म्यानेजमेण्टमा युएन, नवोदय ब्राण्ड बन्दै गएको र प्रदेश १ मै ‘टप’ नतिजा निकाल्दै आएकोले पनि आफूहरु विज्ञान सङ्कायमा पनि राम्रो गर्ने ध्येयले लागेको कलेजका अध्यक्ष ज्ञानेश्वर झाले बताए । ‘म्यानेजमेण्ट र होटल म्यानेजमेण्टमा हाम्रा विद्यार्थीले प्रदेश १ टप साथै देशभरमै पनि सेकेण्ड टपरसम्म बन्न सफल भइसकेका छन्’, उनले भने, ‘विज्ञान सङ्कायमा पनि उत्तिकै राम्रो नतिजा निकाल्ने ‘तारगेट’ मा हामी लागिसकेका छौं ।’
होटल म्यानजमेन्ट र म्यानेजमेण्टमा प्रदेश नम्बर १ कै उत्कृष्ट नजिता दिई छुट्टै पहिचान बनाउन सफल भइसकेकोले पनि सहज भएको उनले जानकारी दिए । सो सङ्कायका लागि कलेजमै साइन्स ल्याबलगायतका संरचना तयार भइसकेको उनले जानकारी दिए ।
होटल म्यानेजमेण्टका संयोजक गगन श्रेष्ठले होटल म्यानेजमेण्ट पढेका विद्यार्थीहरुले धरानसँगै देश र विदेशमा रोजगारी पाइसकेको जानकारी दिए ।
कलेजले प्लस टुमा साइन्स कार्यक्रमको संयोजकमा आकाश अधिकारी र सहसंयोजकमा विद्याभूषण गुप्तालाई नियुक्त गरेको जानकारी दिइएको छ । यस्तै, सल्लाहकारकोरुपमा डाक्टर श्रवणकुमार मण्डल, इञ्जिनियर शेखर लिम्बू रहनेछन् । कलेजमा हाल बिएचएम र बिबिएस पनि पठनपाठन हुन्छ ।

प्रकाशित मिति: असार १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend