धरानः धरान–११ नगरकोट कोठा भाडामा बस्ने २० वर्षीय सत्यम दासलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको छ ।
शनिबार दिउँसो साढे १२ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले दासको कोठामा लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
सेटाडोल५०, ३९० क्याप्सुल र स्पासपेन ३९० क्याप्सुल फेला परेको उनले जानकारी दए । दास सप्तरी अग्नीसर कृष्णसरवन ४ घर भई हाल धरानमा कोठा भाडामा बस्दै आएका थिए । पक्राउ परेका दासको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
