Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ मा गुम्बा निर्माण, रोपियो विरुवा

हाम्रो कोशी आवाज
असार २२ २०७८, मंगलबार
धरान-१५ मा गुम्बा निर्माण, रोपियो विरुवा

धरानः प्रदेश नम्बर १ का सांसद उमिता बराइली विश्वकर्माले आफ्नो जन्मदिनको अवसर पारेर गुम्बा परिसरमा स्वामीको विरुवा रोपेकी छिन् ।
सांसद् विश्वकर्माले मङ्गलबार धरान–१५ मा निर्माणाधीन रहेको श्री क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा परिसरमा स्वामीको विरुवा रोपेका हुन् । स्वामीको रुख मानव तथा प्राणीको लागि राम्रो र बुद्धले ज्ञान प्राप्त गर्न यही रुखमा ध्यान गरेको उल्लेख छ । उनले बुद्धले प्राप्त गरेको ज्ञान अझ फैलियोस् भन्ने कामना गर्दै गुम्बा परिसरमा विरुवा रोपिएको हो ।
सो गुम्बाको लागि सांसद् क्षेत्र बिकास कोषबाट गत आर्थिक वर्षमा सांसद् विश्वकर्माकै पहलमा सात लाख रुपैयाँ बजेट उपलब्ध भएको थियो । उनले गुम्बा निर्माणका लागि आगामी दिनमा सक्दो पहल गर्ने आश्वासन दिएकी छिन् । चालु आवमा करिब १५ लाख रुपैयाँमा निर्माण कार्य समेत सम्पन्न भएको र अन्तिम अनुगमन समेत भएको छ । जन्मदिन परेकोले सांसद बराइलीलाई क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बाका व्यवस्थापन तथा निर्माण समितिले खादा लगाएर जन्मदिनको शुभकामना दिएका थिए ।

 

प्रकाशित मिति: असार २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend