Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्कारपियोको ठक्करले मृत्यु

हाम्रो कोशी आवाज
असार २३ २०७८, बुधबार
धरानमा स्कारपियोको ठक्करले मृत्यु

धरानः धरानमा स्कारपियोले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
धरान-८ सिद्धकालीचौकस्थित कोशी राजमार्गमा दक्षिण इटहरीतर्फ जाँदै गरेको बा१३च ३०८३ नं. को स्कारपियोले पैदलयात्री धरान-८ बस्ने वर्ष ५४ को डिकप्रसाद बाँस्तोलालाई ठक्कर दिएको थियो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मंगलबार राति ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कारपियो र चालक मोरङ बेलबारी नगरपालिका ५ बस्ने वर्ष ३६ को बुद्ध शेर्पा इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
कारमा सवार दुहवी नपा ५ बस्ने वर्ष ७० को निर्माण व्यवसायी सपनकुमार दास समेत सामान्य घाइते रहेको र उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
चालक र स्कारपियो इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । चालकले ट्राफिक नियम उल्लंघन (लेन विपरीत) गरेको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । धरानबाट अन्दाजी ३ किमी पूर्व दक्षिण पर्ने स्थानमा सो दुर्घटना भएको हो । दुर्घटना मंगलबार दिउँसो २ः०० बजेतिर भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend