Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ अजम्बर मार्ग र बेलगाछी लाइनको सडकको उद्घाटन

हाम्रो कोशी आवाज
असार ३१ २०७८, बिहिबार
धरान-१७ अजम्बर मार्ग र बेलगाछी लाइनको सडकको उद्घाटन

धरानः धरान वडा नं. १७ स्थित अजम्बर मार्गदेखि बेलगाछी लाइनसम्मको सडक कालोपत्रे भएको छ ।
सडक उपभोक्ता समितिका सचिव उमेश राईका अनुसार करिब ४ सय ५० मिटर सडकको कालोपत्रे सम्पन्न भएको हो ।
बिहीबार धरान उपमहानगरका मेयर तिलक राई र वडा नं. १७ का वडाधयक्ष मनोज भट्टराईले संयुक्तरुपमा कालोपत्रे सडकको उद्घाटन गरेका छन् ।
सडकमा ४८ लाख ३५ हजार ३ सय ७४ रुपैयाँको लागतमा कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको उपभोक्ता समितिका सचिव राईले जानकारी दिए । मेयर कोष, उपमहानगरपालिका, १७ नं. वडा कार्यालय र स्थानीय उपभोक्ताबाट बजेट संकलन गरेर सो सडकको कालोपत्रे निर्माण सम्पन्न गरिएको हो ।
उपभोक्ता समितिका सचिव राईका अनुसार सडक आसपासमा रहेका विद्युतको ट्रान्सफर्मर सार्ने, विद्युतको पोल फेर्नुका साथै स्थानीयले खानेपानीको पाइपलाइन पनि पैसा उठाएर सारेका छन् ।
मेयर राईले धरान उपमहानगरपालिकाले लागत साझेदारीमा निर्माण गरेको बाटोहरु धेरै संख्यामा पुगिसकेको बताए । बाटोको विषयमा छलफल पनि भइरहेको छ ।
उपभोक्ताहरु आफै ठेकेदार हुने, कमसल र गुणस्तरहिन बनाउने सुरुवात भइरहेको मेयर राईले बताए । मेयर राईले भने, ‘उपभोक्ताबीचमै पदाधिकारीहरु ठेकेदारको रुपमा रहेर आफ्नो निर्माणलाई सम्झौता गर्ने, गुणस्तरहिन सामग्री प्रयोग गर्ने प्रवृति बढेको छ ।’ यस्तो प्रवृतिले गर्दा राज्य र जनताले नोक्सान बेहोर्नु परेको मेयर राईको भनाई थियो ।
मेयर राईले अजम्बर मार्ग र बेलगाछी लाइनमा अत्यन्तै राम्रो काम भएको भन्दै उपभोक्ता समितिको प्रशंसा गरे । ‘यहाँको उपभोक्ताले अत्यन्तै राम्रो काम गरेको छ, धरानको साख जोगाएको छ’ मेयर राईले भने ।

प्रकाशित मिति: असार ३१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend