Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुर्घटनामा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
साउन १ २०७८, शुक्रबार
दुर्घटनामा दुईजनाको मृत्यु

बिर्तामोडः झापाको भद्रपुरमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।
भद्रपुरबाट बनियानीतर्फ गइरहेको मे१त २८२१ नम्बरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे१ह ६४१ नम्बरको टेम्पो आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।
दुर्घटनामा परी भद्रपुर नगरपालिका–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका करिब ४० वर्षीय डम्बरबहादुर लिम्वूको मृत्यु भएको प्रहरीले जनाएको छ । छविमायाको घटनास्थलमा र डम्बरबहादुरको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: साउन १ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend