Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको तीनकुनेबाट प्रतिबन्धित औषधिसहित समातिए किशोर

हाम्रो कोशी आवाज
साउन ६ २०७८, बुधबार
धरानको तीनकुनेबाट प्रतिबन्धित औषधिसहित समातिए किशोर

धरानः धरान उपमहानगरपालिका ८ तीनकुनेबाट प्रतिबन्धित औषधिसहित एकजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा धरान–१६ का १९ वर्षीय कुमार तामाङ रहेका छन् । मङ्गलबार राति ८ः०० बजे अस्थायी प्रहरी पोष्ट तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
स्पासपेन १५०० ट्याब्लेट र ट्रामोल ५०– १५०० ट्याब्लेटसहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङ उपर इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
उता उदयपुर त्रियुगा नगरपालिका ३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय कृष्ण चौधरी र २० वर्षीय धिरज चौधरी रहेका छन् । मङ्गलबार दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउनसुगर ७४० मिलीग्रामसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति: साउन ६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend