Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१० र १६ का युवा पक्राउ

हाम्रो कोशी आवाज
साउन ७ २०७८, बिहिबार
धरान-१० र १६ का युवा पक्राउ

धरानः धरानको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधीसहित दुईजनालाई पक्राउ गरिएको छ ।
बुधबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० मा सटर भाडा लिई जनता ग्यारेज सञ्चालन गरी बस्ने सोही स्थानका ३० वर्षीय नविन चौधरी उनकै ग्यारेजमा लुकाइछिपाई राखेको प्रतिबन्धित औषधी स्पासपेन १००० ट्याब्लेट, ओपाटयाब ४०० ट्याब्लेट र ट्रमाडोल २२ ट्याब्लेटसहित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
त्यस्तै, बुधबार राति साढे ११ बजे धरान–१६ नौलो बस्तीका २४ वर्षीय प्रभु साहलाई स्पासपेन १४५ ट्याब्लेट र ट्रमाडोल–१६३ ट्याब्लेटसहित पक्राउ गरिएको छ । पक्राउ परेका तीनैजनाउपर इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: साउन ७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend