Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको तीनकुनेमा पैदल हिँडिरहेका युवा प्रतिबन्धित औषधिसहित समातिए

हाम्रो कोशी आवाज
साउन १३ २०७८, बुधबार
धरानको तीनकुनेमा पैदल हिँडिरहेका युवा प्रतिबन्धित औषधिसहित समातिए

धरानः धरान-८ तीनकुनेबाट प्रतिबन्धित औषधिसहित एकजना पक्राउ परेका छन् ।
अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले धनकुटा साँगुरगढी नगरपालिका–९ बस्ने २१ वर्षीय सुजन लिम्बू रहेका छन् ।
मङ्गलबार राति १० बजे कोशी राजमार्गमा इटहरीबाट धरानतर्फ कालो झोला बोकी पैदल आउँदै गरेको उनको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल– ६६० टयाब्लेट र स्पासपेन ७७० टयाब्लेट फेला पारिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक हेमराज ओलीले जानकारी दिए ।

प्रकाशित मिति: साउन १३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend