प्रतिनिधिमूलक फाइल तस्वीर
धरानः धरानमा बसको ठक्करले एकजनाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका ८ तीनकुने जंगलस्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मिरादेवी साह रहेकी छिन् । बुधबार बिहान साढे ९ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको को१त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको को१ख ५४३० नम्बरको बसले पछाडिबाट ठक्कर दिई विपरीत दिशाबाट जाँदै गरेको प्रदेश: १-०२-०४०प६४०५ नम्बरको मोटरसाइकल समेतलाई ठक्कर दिएको थियो ।
सो दुर्घटनाबाट मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय विमल साह समेत २ जना घाइते भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ११ः०० बजे मिरा देवी साहको मृत्यु भएको हो ।
बिमलको सोही अस्पतालमा नै उपचार भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । दुर्घटनामा संलग्न तीनवटै सवारी साधन र बस चालक धरान-१५ का ४२ वर्षीय प्रभु खड्का इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक हेमराज ओलीले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
