Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘होटल म्यानेजमेण्टमा स्कोप छ’

हाम्रो कोशी आवाज
साउन २१ २०७८, बिहिबार
‘होटल म्यानेजमेण्टमा स्कोप छ’

२०४८ सालमा होटल म्यानेमेण्टको कोर्ष पढेका गगनमान श्रेष्ठ धरानस्थित युएन, नवोदय कलेजका होटल म्यानेजमेण्ट कोअर्डिनेटरका रुपमा कार्यरत् छन् । सोल्टी होटललगायतमा काम गरी अनुभव समेत सङ्गालीसकेका श्रेष्ठ होटल म्यानेजमेण्ट ‘स्कोप’ को सङ्काय हो भन्छन् । उनी यो सङ्काय पढिसकेपछि अन्तर्राष्ट्रियस्तरमा पनि बिक्ने बताउँछन् ।
होटल म्यानेजमेण्ट भनेपछि भान्छामा काम गर्ने भन्ने मानसिकता रहेपनि अहिले यो विषयले चिर्दै गएको उनी बताउँछन् । ‘यो विषय पेशागत विकास र व्यवस्थापन हो भन्ने बुझाइ कमैमा छ’, उनी भन्छन्, ‘तर अहिले आएर अधिकांशले बुझ्न थालिसकेका छन् ।’
अरू विषयभन्दा होटल म्यानेजमेण्टमा रुचि भएको र पढ्नासाथ स्वदेश तथा विदेशमा छिट्टै रोजगारीको अवसर पाइने भएकाले यो विषय धेरै विद्यार्थीको रोजाइको केन्द्र बन्ने गरेको उनी बताउँछन् । नेपाल पर्यटन प्रवद्र्धनको क्षेत्र बनेकाले होटल व्यवसायको सम्भावना पनि बढ्दै गएको उनको बुझाइ छ । ‘यसैले, होटल म्यानेजमेण्ट विद्यार्थी, अभिभावकको रोजाइको विषय बन्दै गएको छ ।’ उनी थप्छन् ।
नेपालमा ‘होटल म्यानेजमेण्ट’ शिक्षाको महत्व र सान्दर्भिकता बढिरहेको उनी बताउँछन् । ‘यसको महत्व बढिरहेको छ । पहिला–पहिला यसलाई भान्से बन्न पढेको हो समेत भन्थे तर अहिले त्यो परिवर्तन भएको छ । होटल म्यानेजमेण्ट पढ्ने विधार्थीहरुसँग भोलिका दिनमा होटलमा काम गर्ने या आफ्नै होटल वा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने जस्ता दुईवटा कुरा जोडिएका हुन्छन् । होटल म्यानेजमेण्ट पढेका अधिकांश विद्यार्थी विदेशसम्म पुग्ने गरेका छन् । स्वदेशमै पनि पर्यटकहरु बढ्दो छन् । यहाँ पनि होटल म्यानेजमेण्ट शिक्षा लिएका विद्यार्थीले सेवा दिइरहेको अवस्था छ ।’ उनी थप्छन् ।
प्रस्तुत छ उनीसँग हाम्रो कोशी आवाज डटकमले गरेको भिडियो कुराकानीः

प्रकाशित मिति: साउन २१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend