Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ढाका फोटो प्रतियोगिता

हाम्रो कोशी आवाज
साउन २२ २०७८, शुक्रबार
धरानमा ढाका फोटो प्रतियोगिता

धरानः धरानमा विश्वव्यापी ढाका फोटो प्रतियोगिता आयोजना भएको छ ।
धरान-१२ स्थित चौबिसे संयक ढाका उद्योगको आयोजना सो प्रतियोगिता आयोजना भएको हो । प्रतियोगितामा नुमिता तेयुङ पहिलो, निसाङमा लिम्बू दोस्रो र रोजनी लिम्बू तेस्रो बनेकी छिन् ।
पहिलो बिजेताहरुलाई २५ हजार बराबरको पुरस्कार, प्रमाणपत्र र अन्यलाई २० हजार र १५ हजार रुपैयाँ पर्ने पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति समन्वय परिषद्का अध्यक्ष सुवासचन्द्र हुक्पाचोङवाङ, किरात याक्थुङ चुम्लुङकी नगर अध्यक्ष् पदमा लिम्बूलगायतले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
लिम्बू समुदायको संस्कार, संस्कृतिसँग जोडिएका कुराहरुलाई प्रवद्र्धन गर्नु र पुस्ता हस्तान्तरण हुनु खुशीको कुरा भएको बताए । ‘लिम्बूहरुको ज्ञानकला, सीपलाई जीविकोपार्जनको माध्यम बनाएर बजारीकरण गर्दै संस्कार, संस्कृति जोगाउन भन्दै सांस्कृतिक अभियानमा लागिपर्नु ठूलो कुरा हो’, उनले भने ।
सञ्चालिका यमुना तुम्साले वर्षेनी यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताइन् । उनले आफूले संस्कार, संस्कृति बचाउन र पुस्ता हस्तान्तरणका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताइन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन २२ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend