धरानः धरानमा ‘बचाइदेऊ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
मङ्गलबार धरान-१८ स्थित एमसी क्याफेमा सो म्युजिक भिडियो सार्वजनिक भएको हो । एजिज ब्याण्डका सदस्यहरुको उपस्थितिमा नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले सो म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।
एजिज ब्याण्डमा को-अर्डिनेटर एवं भोकलिष्ट मनकुमार लिम्बू रहेका छन् भने लिड गिटारिष्ट सन्तोष लिम्बू, ड्रमर प्रमोद लिम्बू, बेस गिटारिष्ट मनुहाङ राई र मेनेजर तथा एरेञ्जर आइमन राई रहेका छन् ।

