धरान-१२ स्थित एम्स एकेडेमीले सुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने जनाएको छ । अनुभवी शिक्षकहरु, अडियो र भिडियो कक्षाकोठा, सुविधासम्पन्न पुस्तकालय, ल्याब, अंग्रेजी र नेपाली माध्यमबाट पढाइ, विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरु एम्सको विशेषता हो । विशेषगरी एम्सले पढाइका साथै अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको जनाइएको छ । गत वर्ष एम्सले फुटलबल, भलिबल, बास्केटबलमा जिल्ला भरिमा प्रथम हुन सफल भएको थियो भने मोरङको प्रदेशस्तरीय फुटबलको फाइनल पनि एम्स पुगेको थियो । वक्त्तृत्वकला, उद्घोषण कला पनि विद्यार्थीहरुले प्रशिक्षण पाउँछन् भने जिल्लाभरिमा प्लस टु लेभलमा स्काउटिङ क्रियाकलाप सञ्चालन गर्ने गरको एम्सले विद्यार्थीहरुलाई जिम्मेवार नागरिक बनाउन सफल भएको जनाएको छ । प्रस्तुत छ, एम्सका कोअर्डिनेटर र प्राचार्य नेत्र सुवेदी र मित्र तामाङसँग गरिएको भिडियो कुराकानीः
नयाँ कार्यक्रम पनि थप गरेका छौंः कोअर्डिनेटर नेत्र सुवेदी

एसइईको नतिजा आइसकेको छ, तयारी कस्तो छ ?
–कक्षा–११ को नयाँ भर्नाका लागि विद्यार्थीलाई आह्वान गरेका छौं । विषयगत जानकारी दिने, प्रचारप्रसारलगायतका कामलाई अघि बढाइसकेका छौं ।
एम्समा विद्यार्थीले कुन–कुन सङ्कायमा अध्ययन गर्न पाउँछन् ?
–हामीकहाँ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षालगायत सबै विषय अध्यापन गराउँछौं । विज्ञान सङ्कायमा फिजिक्स, केमेष्ट्री, बायालोजी, कम्प्युटरलगायत अध्यापन गराउँछौंं । र यो वर्षदेखि हामीले मास कम्युनिकेशन (पत्रकारिता) र अर्को कानुन विषयको पनि पठनपाठन गर्ने तयारी गरेका छौं । विशेषतः विद्यार्थीले पढेपछि गरिखाने विषय यी पनि हुन् भन्ने हामीले ठानेका छौं ।
विज्ञान सङ्कायको भवन छुट्टै बनाउने भन्नुभयो, कस्तो छ तयारी ?
– यस वर्षदेखि विज्ञान सङ्कायको छुट्टै भवन तयारी गरेका छौं । अहिले ल्याब निर्माणको काम लगभग अन्तिम अवस्थामा छ । छुट्टाछुट्टै विषयको ल्याब तयारी गरेका छौं । सोही भवनमा लाइब्रेरीलगायतको सेवासुविधा पनि दिइनेछ । सोही भवनमा हामीले आधुनिक कक्षाकोठा पनि निर्माण गरेका छौं ।
यस्तै, आगामी शैक्षिक सत्रदेखि ब्याचलर्स लेवलका कार्यक्रम पनि सञ्चालन गर्ने तयारीमा छौं । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा चार वर्षे बिएड, बिबिएस, बिएडआइटी, बिबिए, बिएसडब्लु, बिए जोर्नालिजम, वान इयर बिएड, एमएड लगायतका कार्यक्रम ल्याउने तयारीमा छौं । त्यस्तै, विज्ञान सङ्कायका अन्य ब्याचलर्स कार्यक्रम हामी ल्याउनेछौं । यसैले हामी डिग्रीसम्म पनि जाने तयारीमा छौं ।
विद्यार्थी राजधानी पुग्नुपर्ने बाध्यताबारे के भन्नुहुन्छ ?
– धरानमात्रै नभएर पूर्वका मुख्य सहरमा शैक्षिक संस्था थपिँदै गएका छन् । धरानमा पनि निजीस्तरका कलेज खुल्दै आएका छन् । जुनसुकै सङ्काय पढ्न अब धरान बाहिर गइरहनुपर्दैन । काठमाडौं जाँदा मात्रै पढ्न पाइन्छ र शैक्षिकस्तर उकास्न सकिन्छ भन्ने भ्रम लगभग सकिएको मैले महसुस गरेको छु । काठमाडौंमा बढी खर्च हुने भएकोले पनि अभिभावकले आफ्नै ठाउँमा विश्वास गर्न अनुरोध गर्दछु । यहाँ वातावरण, बसोबास, हावापानीलगायतमा पनि धरानले धान्दै आएको मैले महसुस गरेको छु ।
त्यस्तै, यहाँ इन्जिनियर, विज्ञान, संस्कृतलगायत अन्य विषय पढ्नका लागि सहज छ । त्यसैले धरान शैक्षिक गन्तव्य नै हो ।
शैक्षिक गन्तव्य बनाउन थप के गर्न सकिन्छ ?
–अहिले पनि सबै रुमल्लिएको देखेको छु । अहिले धरानमा एकजुट हुन आवश्यक छ । प्रतिस्पर्धालाई खरो बनाएर लैजान सकियो भने नै धरान एक शैक्षिक गन्तव्य बन्ने हो । धरानलाई अझै राम्रो बनाउन, शैक्षिक गन्तव्य बनाउन शैक्षिक क्षेत्रलाई नै प्राथमिकता दिनुपर्दछ । धरानमा अस्वस्थ प्रतिस्पर्धा छ । इटहरी र विराटनगरमै हेरे पुग्छ कि त्यहाँ अस्वस्थ प्रतिस्पर्धालाई ‘मिनिमाइज’ गरिएको छ । त्यहाँ अस्वस्थ प्रतिस्पर्धा नभई शैक्षिक संस्था चलेका छन् । यहाँ पनि मिनिमाइज गर्न के गर्न सकिन्छ भनेर सबै पक्ष बसेर छलफल गर्नु जरुरी देख्छु । यहाँ एउटा विद्यार्थी एउटा शिक्षालयमा भर्ना भइसकेको हुन्छ तर अर्को शिक्षालयले यति पैसा छुट गरिदिन्छु भन्ने संस्कार बसेको छ । यसले अभिभावकमा नेगेटिभ वितृष्णा पैदा हुन थालेको छ ।
पढाइका साथै अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिन्छौंः प्राचार्य मित्र तामाङ

–हाम्रो बुझाइ के छ भने हरेक विद्यार्थीको केही न केही प्रतिभा हुन्छ भन्ने हो । हामीले अहिलेसम्म पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिँदै आएका छौं । विद्यार्थीले पनि त्यसमा जोड दिँदा राम्रै प्रगति हासिल गरेको महसुस गरेका छौं ।
खेलकुद, गायन, नृत्य, स्पिचलगायतका विषयलाई बढी जोड दिँदै आएका छौं । त्यसअनुसारको प्रतिफल पनि छ । हिसानले आयोजना गरेको खेलकुद, नृत्य, गायन, स्पिच, क्वीजमा प्रथम, दोस्रो पुरस्कार प्राप्त गर्दै आएका छन् ।
शैक्षिक नतिजामा पनि हाम्रा विद्यार्थी प्रदेश १ मा कम छैनन् । विगत तीन चार वर्षदेखि टप ५ भित्र हाम्रा विद्यार्थी पर्न सफल भएका छन् ।

विद्यार्थीका लागि तयार हुँदै गरेको साइन्स भवन ।




