धरानः धरानस्थित रानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारले छापा मारेको छ ।
बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको टोलीले छापा मारेको छ ।
छापा मारेपछि अख्तियारको टोलीले महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ । औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्तिलगायतका शीर्षकमा भ्रष्टाचार भएको भन्दै चिकित्सक, कर्मचारी लामो समयदेखि आन्दोलनमा होमिँदै अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी समेत परेको थियो । यसबारे छानबिन गर्न सरकारद्वारा गठित कार्यदल पनि बीपी प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको थियो ।
प्रतिष्ठानमा उपकुलपति डा ज्ञानेन्द्र गिरी आएयता प्रतिष्ठानमा बेतिथि बढेको जनाइएको छ । छापा मार्न दुवै कार्यालयबाट ६ जनाको टोली खटिएको छ । टोलीका नेतृत्व गर्दै आएका एसएसपी टेकबहादुर तामाङले छानविनका लागि टोली यहाँ आइपुगेको बताए । ‘खदासमा सरकारद्वारा गठित कार्यदलले प्रतिष्ठानमा भ्रष्टाचार ठहर भएपछि यहाँ आएका हौं, यहाँ आइपुगेका छौं, छानबिन थालेका छौं ।’
उनले प्रतिष्ठानको खरिद र निर्माण उजुरी परेको सम्बन्धमा छानविनका लागि केही समय लाग्ने बताए । ‘केही कागजहरु जफत गरिसकेका छौं’, उनले भने, ‘सबै कुरा बुझु्न मय लाग्छ ।’
भ्रष्टाचारको आरोप लागेको संस्थाबाट सामग्री खरिद भएको, १४ करोड ६० लाखको खरिदमा मूल्य सार्थकता सुनिश्चित नभएको, ८ गुणा महङ्गोमा एक दशकदेखि इन्टरनेट सेवा लिएको, मिलेमतोमा एमआरआई, सिटी स्क्यान मेसिन खरिदमा पटक–पटक बोलपत्र रद्द गरिनुलगायतका कुराहरु सरकारी प्रतिवेदनमा छ ।
तस्वीरः लक्ष्मण थापा