Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पराग सहकारीमा आनन सुब्बाको अध्यक्षतामा नयाँ कार्य समिति चयन

हाम्रो कोशी आवाज
साउन ३० २०७८, शनिबार
धरानको पराग सहकारीमा आनन सुब्बाको अध्यक्षतामा नयाँ कार्य समिति चयन

धरानः धरान-७ स्थित पराग बचत तथा ऋण सहकारी संस्था लि. को ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
धरान-१५ स्थित होटल धरान किचनमा सो साधारणसभा सम्पन्न भएको हो । यसैबीच साधारणसभाले अध्यक्षमा आनन सुब्बा नयाँ कार्य समिति चयन भएका छन् । यस्तै, उपाध्यक्षमा भुपाल राना मगर चयन भए । यस्तै, सदस्यहरुमा विजय अछामी, दुर्गा रिमाल, पुष्पादेवी गुरुङ, महेश श्रेष्ठ, राजबहादुर लिम्बू, विकास सञ्जेल, देवेन्द्र तामाङ, छविलाल विष्ट, बर्खा श्रेष्ठ चयन भएका छन् ।
लेखा संयोजकमा प्रदीपकुमार प्रधान, सदस्यमा सुदीप श्रेष्ठ र कुमार थापा चयन भए । सुनसरी बचत तथा ऋण सहकारी संघका सल्लाहकार सदस्य खम्बासिंह गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोरखा बचत तथा ऋण सहकारी संस्थाका ब्रान्च म्यानेजर जीवनकुमार राई, सूर्या लाइफ इन्स्यारेन्सका शाखा प्रमुख चिरबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रमको स्वागत मन्तव्य दुर्गाप्रसाद रिमालले गरेका थिए भने सञ्चालन विजय अछामीले गरेका थिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: साउन ३० २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend