Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कलाकारको दुःखेसोः सबै खुले, कलाकारलाई किन रोक ?

हाम्रो कोशी आवाज
भाद्र ५ २०७८, शनिबार
धरानमा कलाकारको दुःखेसोः सबै खुले, कलाकारलाई किन रोक ?

धरानः धरानका नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मी, चलचित्रकर्मी, प्राविधिक, मोडलहरूले गुनासो गरेका छन्–सबै खुले, कलाकारले गतिविधि गर्न नपाउँदा खुल्न सकेनौं ।
धरानमा भएको संयुक्त भेलाले अब कोरोनाका कारण कलाकार घरमै थुनिनुपरेको र केही गतिविधि गर्न नपाएको भन्दै गुनासो पोखेका हुन् ।
कोरोनाले असर पारेको विषयमा छलफल भएको र सबै क्षेत्र खुल्ला रहेको तर कला क्षेत्रलाई भने रोक लगाइएकोले छलफल कार्यक्रम डाकिएको कलाकार नगेन्द्र राईले जानकारी दिए ।
‘छलफलले कला क्षेत्रलाई भने रोक लगाएकोले सरकारी मापदण्डअनुसार सबैले आ–आफ्नो क्षेत्रमा काम गर्न पाउनुपर्छ भनी धरान उपमहानगरपालिका बुझाउने निर्णय समेत भएको छ’, उनले भने, ‘मागलाई बेवास्ता गरिए आन्दोलनमा समेत जानेछौं ।’

कोरोनाका कारण सबै व्यवसाय, यातायात खुलेको तर कलाकार क्षेत्रका व्यक्तिहरु त्यतिकै घरमै थुनिएर बस्नुपरेको बाध्यता रहेको कलाकार सन्तोष तामाङ बताउँछन् । ‘न नृत्यका गतिविधि छन् वा अन्य’, उनले भने, ‘कलाकार कहिलेसम्म यसरी मारमा परिरहने हो ।’
देशको गहनाको रुपमा चिनिएको कलाकारका गतिविधि ठप्प हुँदा हातमुख जोर्नै समस्या भएको उनको भनाइ छ ।
गायक भक्तिराज राईले इन्डियन आइडल, भ्वाइस अफ नेपालजस्ता थुप्रै कार्यक्रम भइरहेपनि यहाँ भने रोक लगाइनु दुःखद् रहेको बताए । ‘हामीले पनि पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाएर विविध कार्यक्रम गर्न पाउनुपर्छ’, उनले भने, ‘त्यही माग लिएर उपमहानगरपालिका जाँदैछौं ।’
कार्यक्रममा नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधान, कोरियोग्राफर मोडल मेरिना तुम्सा, निरु लिम्बू, नृत्य निर्देशक नगेन्द्र राई, धरान प्रज्ञा प्रतिष्ठानका सुरेशकुमार श्रेष्ठ, धरान कला प्रतिष्ठानका सागर राई, गरिमा डान्स सेन्टरका मणिकुमार लिम्बू, सङ्गीतकर्मी विनोद प्रियदर्शी राई, विनायक राई, अनाम नाटय जमातका विजय सुब्बा, युनाइडेड मल्टी आटसका नृत्य निर्देशक सन्तोष तामाङ, रोयल डान्स एकेडेमीका सुरेश राई, डान्स कोरियोग्राफर विक्रम शङ्कर, रेन्बो डान्स सेन्टरका सानू थेगिम, प्रबिण भुजेल, ब्याण्ड मेम्बर्स सुमित श्रेष्ठ, सुरज भुजेल, रविल श्रेष्ठ, सङ्गम बम्जन, निपेश बराइली, जोडर्न श्रेष्ठ, रिजेश मास्के, अजित राई लगायतको उपस्थिति थियो । कार्यक्रममा स्व. कलाकार लक्ष्मण अधिकारीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण समेत आयोजना गरिएको थियो ।

प्रकाशित मिति: भाद्र ५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend