Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङको ९ स्थानीय तहको ११ करोड भन्दा बढी बेरुजु

हाम्रो कोशी आवाज
भाद्र ८ २०७८, मंगलबार
ताप्लेजुङको ९ स्थानीय तहको ११ करोड भन्दा बढी बेरुजु

ताप्लेजुङः स्थानीय तहरुमा २०७६–७७ को आर्थिक वर्षमा ११ करोड एक लाख ६६ हजार रुपैयाँ बेरुजु भएको छ । गत हप्ता महालेखपरिक्षको ५८ लेखापरिक्षकको प्रतिवेदनले ११ लाख भन्दा बढी बेरुजु प्रतिवेदनले जनाएको छ ।
सिरिजङ्गा र पाथीभरा याङवरक गाउँपालिकाले कम बेरुजु गरेको महालेखापरिक्षकको प्रदिवेदनले देखाएको छ । सिरिजङ्गा गाउँपालिकाको बेरुजु ०.०६५ प्रतिशत अर्थात् रु छ लाख ३१ हजार रुपैयाँ देखिएको छ । सिरिजङ्गाको रु ९६ करोड ५६ लाख ७४ हजार रुपैंयाको लेखा परीक्षण गरिएको थियो । पाथीभरा याङ्वरक गाउँपालिकाको बेरुजु ०.०६६ प्रतिशत अर्थात् पाँच लाख पाँच हजार रकम देखिएको छ । यो गाउँपालिकाको ७५ करोड ८३ लाख ८१ हजार रुपैंयाको लेखा परीक्षण गरिएको थियो ।
फुङलिङ नगरपालिका पनि बेरुजु रकम कम हुने देशभरका उत्कृष्ट ११ औं तथा ताप्लेजुङभरीका स्थानीय तहमा कम बेरुजु हुने तेस्रो स्थानीय तह बनेको छ । कम बेरुजु हुने नगरपालिकामा ताप्लेजुङको फुङलिङ नगरपालिका देशभरमै दोस्रो बनेको छ । फुङलिङ नगरपालिकाको बेरुजु ०.२६ प्रतिशत अर्थात् रु ३४ लाख ६६ हजार रहेको महालेखा परिक्षकको प्रतिवेदनले देखाएको छ । फुङलिङ नगरपालिकोे एक अर्ब ३१ करोड ४४ लाख ६१ हजार रुपैयाँको लेखा परीक्षण गरिएको थियो ।

प्रकाशित मिति: भाद्र ८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend