Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिरोमा परी ७ वर्षीय बालकको ज्यान गयो

हाम्रो कोशी आवाज
भाद्र ११ २०७८, शुक्रबार
पहिरोमा परी ७ वर्षीय बालकको ज्यान गयो

उदयपुरः अविरलको वर्षापछि आएको पहिरोले उदयपुरमा ७ वर्षीय बालकको ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ मिलन चौकका पोष्टबहादुर मगरको छोरा ७ वर्षीय कर्ण मगरको पहिरोमा परी ज्यान गएको हो ।
शुक्रबार दिउँसो घर नजिकैको आँप खहरे खोलामा खेल्ने क्रममा माथिबाट अचानक पहिरो खसेर बालक गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बालकको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएर कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र ११ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend