Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका महिला फुटबल टिम ‘राष्ट्रिय उपमेयर कप’ मा भिड्ने

हाम्रो कोशी आवाज
भाद्र १२ २०७८, शनिबार
धरानका महिला फुटबल टिम ‘राष्ट्रिय उपमेयर कप’ मा भिड्ने

धरानः धरानका महिला फुटबल टिम ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा भिड्ने भएका छन् ।
प्रतियोगितामा धरान उपमहानगरपालिकाले महिला फुटबल टिमलाई सहभागिता गराउने जनाएको छ । मेयर तिलक राईको सभापतित्वमा शनिबार बसेको छलफलले आगामी काक्तिकमा आयोजना हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट महिला फुटबल टिम सहभागिता गराइने निर्णय गरेको हो ।
छलफलले धरानका महिला फुटबल टिम तयार बनाउन तालिम सञ्चालन गर्न सूचना प्रकाशित गरी इच्छुक महिला खेलाडीहरुलाई आह्वान गर्ने निर्णय गरेको छ । साथै, धरानका विभिन्न वडामा उपलब्ध खेलाडीहरु तथा धरान महिला फुटबल क्लबका खेलाडीहरुलाई फुटबल उपलब्ध गराइ तत्काल अभ्यास सञ्चालन गर्ने, गराउने निर्णय पनि गरेको छ । छलफल पश्चात मेयर राईले महिला खेलाडीहरुलाई चार थान फुटबल हस्तान्तरण गरेका छन् ।
महिला खेलाडीहरुलाई अनुशासन भएर, लगनशील भएर फुटबल अभ्यास गर्न मेयर राईले आग्रह गरे । महिला फुटबल टिमलाई उजागर गर्नका लागि धरान उपमहानगरपालिकाको साथ सहयोग रहने पनि मेयर राईले प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा धरान महिला फुटबल टिमका प्रशिक्षक भगवती राना मगरले महिला फुटबल खेललाई विकास गर्नका स्थानीय सरकारको मुख्य भूमिका हुनुपर्ने बताइन् । प्रशिक्षक राना मगरले अहिले अधिकाङ्श महिला खेलाडीहरुको परीक्षा सञ्चालन हुन गइरहेको कारण विगतमा जस्तो धेरै समय फुटबल अभ्यास नहुने जानकारी दिइन् । उनले समय मिलाएर फुटबल अभ्यास गराउने बताइन् । छलफलमा धरान महिला फुटबल क्लबकी क्याप्टेन सुस्मिता राईले फुटबल खेल्न घरपरिवारले नै प्रोत्साहित गरेको बताइन् ।

प्रकाशित मिति: भाद्र १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend