Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको किरातेश्वर माविमा दाताहरुले बनाइदिए भवन

हाम्रो कोशी आवाज
भाद्र १४ २०७८, सोमबार
धरानको किरातेश्वर माविमा दाताहरुले बनाइदिए भवन

धरानः धरान–१९ स्थित किरातेश्वर माविमा दाताहरुबाट निर्मित दुईतलाको भवनको निर्माण भएको छ ।
विद्यालय परिसरमा रहको पुरानो भवनको ठाउँमा दाताहरुबाट कुल १५ लाख ८ हजारको लागतमा निर्मित दुईतले ४ कोठे भवनको बृटिस एरिया वेल्फेयर सेन्टरका सिनियर वाल्फेयर अफिसर क्याप्टेन पूर्णप्रसाद लिम्बूले रिवन काटेर उद्घाटन गरेका थिए ।
भवनमध्ये माथिल्लो तलाको दुईकोठा स्व. पति मानवीर लङवाको स्मृतिमा धरान–१९ की मयन्द्री फेन्दुवा मादेन लङवा लिम्बू तथा परिवारले कुल ७ लाख १८ हजारको लागतमा निर्माण गरिदिएकी हुन् ।
भवनको तल्लोतलाको दुईकोठा धरान–१९ की कालुसिंह एभेङ लिम्बू र देशमाया लङकी छोरी तथा रामकुमार हुक्पाचोङबाङकी श्रीमती इशा एभेङको स्मृतिमा उनका श्रीमान रामकुमार र माइतीतर्फका मातापितासहित परिवारले कुल ७ लाख ९० हजार रुपैयाँको लागतमा निर्माण गरिदिएका हुन् । नव निर्मित भवनमा विद्यालयको प्रशासनिक तथा शैक्षिक कार्यालय सञ्चालन गरिने छ । हाल कार्यालय रहेको कक्षालाई विद्यालयमा सञ्चालन गर्न लागिएको कक्षा–११ तथा १२ को कक्षा सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक योगेन्द्र पालुङ्वाले जानकारी दिए ।
व्यवस्थापन समितिका अध्यक्ष देउमान ताप्मादेनको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख रत्नवहादुर कटुवाल, निर्माण समिति संयोजक लोकबहादुर राई, दाताकी तर्फबाट महिला नेतृ सरस्वती सुब्बा, वडाअध्यक्ष पूर्ण लिम्बूलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: भाद्र १४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend