Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा होटल छाडेका सांसद यता !

हाम्रो कोशी आवाज
भाद्र १५ २०७८, मंगलबार
विराटनगरमा होटल छाडेका सांसद यता !

यसअघि विराटनगरको होटलमा बसेका सांसदहरु । तस्वीरः सामाजिक सञ्जाल

धरानः नेकपा एमाले विभाजनपछि प्रदेश १ सांसद तानातानको अवस्था छ । एमाले नेतृत्वको सरकार जोगाउन र ढाल्नका लागि एमाले सांसद तानातानको अवस्था सिर्जना भएको हो ।
प्रदेश १ मा नेकपा एमालेका ५१ जना सांसद छन् । तीमध्ये १० जना माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा उभिएका छन् । एकल बहुमत रहेको प्रदेशमा १० जनाले साथ छाडेपछि मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा छ । अल्पमतमा परेपछि मुख्यमन्त्री आचार्यले समाजवादी पार्टीमा खुलेका सांसदलाई एमालेमा फर्काउने प्रयास गरिरहेका छन् । तर त्यो प्रयास निरर्थकझैं देखिएको छ ।
यसअघि सांसद तान्ने प्रयास भएपछि नेपाल पक्षका सांसद विराटनगरको बिग होटलमा बसेका थिए । समाजवादीबाट मुख्यमन्त्री प्रस्ताव गरिएका राजेन्द राईसहित १० सांसद होटलको डिलक्स सुइटमा बस्दै आएका थिए । आन्तरिक छलफल र तयारीका लागि भन्दै बिग होटलमा बसेका उनीहरूले बुधबार एमाले त्यागेको पत्र निर्वाचन आयोगमा बुझाउने तयारी गरेका थिए । तर बिग होटलमा बसेका ती १० जना सांसदले विराटनगर पनि छाडेका छन् । उनीहरु धरान हुँदै भेडेटार पुगेको स्रोतले जनाएको छ ।
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यको सत्ता ढाल्ने रणनीति बनाउन छलफलका लागि होटलमा बसेका एमालेका राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काम्वाङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापालगायत सांसद धरान हुँदै भेडेटार आइपुगेको स्रोतले जनाएको छ ।
सांसदहरूलाई दबावमा थुनेर होटलमा राखिएको चर्चा चलेलगत्तै विराटनगर छाडेका उनीहरू एकैपटक बुधबार निर्वाचन आयोगमा पुग्ने स्रोतले जनाएको छ ।
कुनैपनि हालतमा एमालेमा नजाने अडान लिइरहेका १० सांसद आचार्य नेतृत्वको सरकार ढाल्ने छलफलमा जुटिरहेका थिए । तिनीहरु प्रचण्ड र माधवको निर्देशनमा धरानमा आएको र अहिले कुनै गोप्य ठाउँमा रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार सांसदहरुलाई अनावश्यक दबाव आएकोले उनीहरु धरान आइपुगेको जनाइएको छ । त्यसको व्यवस्थापन नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा धरान इञ्चाज अइन्द्रविक्रम बेघाले प्रचण्ड र माधवको निर्देशनमा गरेको जनाइएको छ । पार्टीका कसैलाई पनि जानकारी नदिई उनले गोप्य ठाउँमा राखेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरु धरान हुँदै भेडेटार पुगेर रमाउँदै आएका छन् । यस विषयमा पटक-पटक प्रदेश सदस्य बेघालाई फोन गर्दा उठाएनन् ।
स्रोतका अनुसार सबै दलको सहमतमा राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने ‘लविङ’ मा रहेको हुनाले पनि सांसद्हरु एकमत भएर निर्वाचन आयोगमा हस्ताक्षर बुझाउने तयारीमा छन् ।
यी सांसद नयाँ पार्टीको पक्षमा खुलेका हुनाले पनि उनीहरूले दल त्याग गरे बिहीबार मुख्यमन्त्रीको सपथग्रहण गरेका भीमको सरकार ढल्नेछ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेश १ मा एमालेको सभामुखसहित ५१ जना सांसद छन् । तीमध्ये १० जना सांसदले नयाँ पार्टी रोजेका कारण एक महिनाभित्र वर्तमान सरकार ढल्न सक्ने विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति: भाद्र १५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend