Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मध्यपहाडी लोकमार्गमा कृषि कार्यक्रम

हाम्रो कोशी आवाज
भाद्र १८ २०७८, शुक्रबार
मध्यपहाडी लोकमार्गमा कृषि कार्यक्रम

भोजपुरः भोजपुरमा मध्यपहाडी लोकमार्ग लक्षित कार्यक्रम सञ्चालन हुने भएको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा कृषि तथा पशुपालनलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय पाख्रीवास धनकुटाले जनाएको छ ।
विश्व बैंकको करिब २४ करोड आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन हुने धनकुटा कार्यालयका कृषि अधिकृत सन्तोष थापाले बताए । त्यस्तै, ग्रामिण क्षेत्रमा उत्पादित वस्तुलाई बजारसम्म पुरयाउने, उत्पादिन वस्तुको व्यवस्थापन र भण्डारण सहयोग गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।
भोजपुरसँगै मध्यपहाडी लोकमार्गमा पर्ने प्रदेश १ का पाँचथर, ताप्लेजुङ धनकुटा, खोटाङ ओखलढुङ्गा र उदयपुरमा कार्यक्रम सञ्चालन हुने करिडोर कार्यालय पाख्रीवास धनकुटाका प्रमुख हर्षहाङ राईले बताए ।
‘मध्यपहाडी लोकमार्गमा पर्ने स्थानीय तहलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने छ । योसँगै यस क्षेत्रमा उत्पादित वस्तु संकलन गरि प्याकेजिङ गरेर बजारसम्म पु¥याउन सहज हुने छ,’ राईले भने । त्यस्तै, कोभिड १९ को असहज परिस्थितबाट अवरूद्ध खाद्य श्रृङ्खला तथा ग्रामीण अर्थतन्त्रको पुनःस्थापना र प्रवद्र्धन गर्दै रोजगारीका अवसर सिर्जना गर्ने कार्यालयको लक्ष्य रहेको छ ।
लक्षित क्षेत्रमा पर्ने स्थानीय तहसँगको सहकार्यमा सहकारी तथा कृषक समूहमार्फत कार्यक्रम सञ्चालन गरिने आयोजनाले जानकारी दिएको छ ।

प्रकाशित मिति: भाद्र १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend