Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्व उपकुलपतिसँग धरौटी माग

हाम्रो कोशी आवाज
भाद्र २२ २०७८, मंगलबार
पूर्व उपकुलपतिसँग धरौटी माग

धरानः विशेष अदालतले चार करोड रुपैयाँको अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासलाई एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ ।
सोमबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले दासलाई धरौटीमा रिहा गर्ने फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार ३० गते दाससहित आठ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
प्रतिष्ठानका तत्कालीन उपकुलपति दास, अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हा, रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले प्रतिष्ठानबाट भएका खरिदमा बोलपत्रको तथ्यगत आधारबिनै स्वीकृति तथा सम्झौता गरी रकम निकासा गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
दासले धरौटी रकम बराबरको पैसा बैंक ग्यारेन्टी देखाएर छुट्ने तयारी गरेको विशेष अदालतले जनाएको छ । बैंक ग्यारेन्टी भेरिफाइ भएमा उनी धरौटीमा रिहा हुने अदालतले जनाएको छ । दास अदालत उपस्थित भएर तीन घण्टा बयान दिएका थिए ।
अख्तियारले तत्कालीन उपकुलपति दासले चार करोड आठ लाख ९८ हजार १९ रुपैयाँ, निर्देशक सिन्हाले तीन करोड ७५ लाख ३० हजार ६१९, रजिष्ट्रार थापाले एक करोड ९६ लाख नौ हजार ८८० र रजिष्ट्रार श्रेष्ठले ५६ लाख ७७ हजार ४०५ रुपैयाँ अस्वाभाविक रुपमा बढी मूल्य तिरी सामान खरिद गरी प्रतिष्ठानलाई नोक्सानी पुरयाएको दाबी गरेको थियो ।
त्यस्तै, प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी म्यानेजर अमित श्रीवास्तवले पनि नियमविपरीत बोलपत्र स्वीकृत गरी रकमसमेत भुक्तानी दिई संस्थालाई हानी पुरयाएको अख्तियारको आरोपपत्रमा दाबी गरिएको छ । लेखा प्रमुख दाहालले दुई करोड ३४ लाख ८१ हजार ८१९ रुपैयाँ, डेपुटी मेनेजर श्रीवास्तवले एक करोड ७४ लाख १६ हजार २०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै सोही रकम विगो कायम गरी विगो असुल गर्दै कैद सजायसमेत माग आरोपपत्रमा गरिएको छ ।
त्यस्तै उपकरण सप्लायर्स प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रोपाइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्ट्रिब्युटर्सका प्रोपाइटर उमेश अग्रवालले पनि प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतोमा खरिद सम्झौता गरी भुक्तानी लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अग्रवालले एक करोड चार लाख १६ हजार ७९७ रुपैयाँ र उमेशले ६० लाख ३६ हजार ३४३ रुपैयाँ हिनामिना तथा भ्रष्टाचार गरेको भन्दै सोही रकम विगो कायम गरी विगो असुलसहित कैद सजायको माग आरोपपत्रमा गरिएको छ ।

प्रकाशित मिति: भाद्र २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend