सुनसरीः सुनसरीमा नेकपा एमालेबाट निर्वाचित २९९ जना जनप्रतिनिधिमध्ये छ जनाले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।
उनीहरूले मंगलबार जिल्ला निर्वाचन कार्यालय सुनसरीमा पुगेर सनाखत गरेको जनाइएको छ ।
नेकपा (एस)मा सनाखत गर्नेमा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य गौरीमान परियार र वडा- २ का सदस्य सन्तोष राई, धरान उपमहानगरपालिका कार्यपालिका सदस्य कैलास अग्रवाल छन् ।
यस्तै, बराहक्षेत्र नगरपालिका- ७ का वडा सदस्यहरू पर्शुराम आचार्य र सुष्मा परियार, इनरुवा नगरपालिका- ६ का वडा सदस्य राजेश दाहालले पनि नेकपा (एस) रोजेका छन् । दाहाल हाल प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको वडाका वडा सदस्य तथा छिमेकी हुन् । दल रोज्ने समय मंगलबार सकिएसँगै नेकपा एमाले नै सुनसरीमा बलियो देखिएको छ ।