Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका सडकमा भएका खाल्डाखुल्डी पुर्न थालियो

हाम्रो कोशी आवाज
भाद्र २५ २०७८, शुक्रबार
धरानका सडकमा भएका खाल्डाखुल्डी पुर्न थालियो

धरानः धरान उपमहानगरपालिकाले धनकुटे रोडको खाल्डाखुल्डी पुर्ने काम शुक्रबारदेखि शुरु भएको छ ।
उपमहानगरपालिकाको योजना शाखाका अनुसार खाल्डाखुल्डी पुर्नका लागि ५ लाख रुपैयाँ बजेट छुट्याएर कालोपत्रे गर्ने तयारी गरेको हो ।
बीपी प्रतिष्ठान जानका लागि मुख्य बाटोको रुपमा रहेको यस बाटोमा खाल्डाखुल्डीका कारण बिरामी तथा अस्पताल जाने मानिसहरुलाई समस्या हुने गरेको थियो ।
५ लाख रुपैयाँ बजेट छुट्याएर कालोपत्रे (पिच) गर्नुभन्दा अगाडिको (खाल्डाखुल्डी पुर्ने) काम आजबाट थालिएको उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । ‘धनकुटे रोडको खाल्डाखुल्डी पुर्ने काम सुरु भयो, कालोपत्रे गर्नका लागि धेरै खर्च लाग्छ, अन्य स्रोतबाट कालोपत्रे गर्ने योजना बनाउँछौं ।’
कालोपत्रे गर्नका लागि ५ लाखभन्दा बढी बजेट ल्याउन टेण्डरको प्रक्रियामा जानुपर्ने भएकोले लगभग २ महिना लाग्ने इञ्जिनियर श्रेष्ठले बताए ।
यसअघि हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिका पुगेको टोलीले धरानका खाल्डाखुल्डी पुर्न आग्रह गरेको समाचार हाम्रो कोशी आवाजमा प्रकाशित भएको थियो । उनीहरुले स्वास्थ्य संस्थामा जाने बाटो नै खाल्डाखुल्डी भएको र कुनैपनि बेला एम्बुलेन्स नै दुर्घटनामा पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यहाँका खाल्डाखुल्डी पुर्न आग्रह गरेका थिए । धरानका अधिकांश सडकमा खाल्डाखुल्डी छन्, तर धेरैजसो भोटेपुलदेखि बुद्धचोकसम्म जाने सडकमा त पाइलैपिच्छे खाल्डाखुल्डी छ ।

प्रकाशित मिति: भाद्र २५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend