Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भेडेटारनजिक दुर्घटना, चारजना घाइते

हाम्रो कोशी आवाज
भाद्र २७ २०७८, आइतबार
भेडेटारनजिक दुर्घटना, चारजना घाइते

धरानः धरान-४ भेडेटारनजिक दुर्घटना हुँदा चारजना घाइते भएका छन् । आइतबार बिहान साढे चार बजे दुर्घटना भएको हो ।
भेडेटारनजिक कोशी लोकमार्गमा भेडेटारबाट धरान आउँदै गरेको र भेडेटारतर्फ गइरहेको मोटरसाइकल एकआपसमा जुध्दा चारजना घाइते भएका हुन् । घाइते हुनेहरुमा धनकुटा–७ का २८ वर्षीय अभिनाष मण्डल (चालक), २५ वर्षीया इशा श्रेष्ठ र मोरङ कटहरी–४ का २० वर्षीय जीवन सहनी (चालक) र २७ वर्षीय मोहन मुखिया रहेको प्रहरीले जनाएको छ ।
को ४६ प ७६४७ नं को मोटरसाइकलमा सवार अभिनाष र इशा साथै को२५प ४९१८ नं. को मोटरसाइकलमा सवार जीवन र मोहनको मोटरसाइकल एकआपासमा जुधेका थिए । मोहन र जीवनको शरीरमा केही चोट लागेको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । अभिनाषले मापसे गरेका थिए भने अन्यले मापसे नगरेको पाइएको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल इप्रका भेडेटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend