Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सिङ्गापुर मितेरी फुटसल हुने

हाम्रो कोशी आवाज
असोज ६ २०७८, बुधबार
धरानमा सिङ्गापुर मितेरी फुटसल हुने

धरानः धरानमा च्यारिटेवल सिङ्गापुर मितेरी फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
असोज १० गतेदेखि १२ गतेसम्म आयोजना हुने प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक मितेर फुटसलका अध्यक्ष लुकेन्द्र राईले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।
धरान–१८ बुद्धचोकमा रहेको एमसी क्याफेमा आयोजित पत्रकार सम्मेलनमा धरान–११ मा रहेको मितेरी फुटसल र सिङ्गापुर लिफ टिमको संयुक्त आयोजनामा यस्तो प्रति कार्यक्रमको अनुमानित बजेट १५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।योगिता हुन लागेको जानकारी दिइयो । प्रतियोगिता दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५, ट्रफी, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई २५ सय, ट्रफी, र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरलाई २५ सय, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा धरान, इटहरी, काठमाडौं, पोखरा, चितवन, मोरङ, झापा, धनकुटालगायतका खेलाडीहरुले सहभागी जनाउनेछन् । प्रतियोगिताबाट उठेको रकमले धरान–१३ मा रहेको पेट्रोल पम्पदेखि भेडेटारसम्मको घुम्तीहरुमा र धरान उपमहानगरपालिका भित्रका जोखिमयुक्त घुम्ती तथा चौकहरुमा गरी ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाइने अध्यक्ष राईले जानकारी दिए । यस्तै, धरान–१७ का वडाध्यक्ष मनोज भट्टराईको संयोजनमा धरान–१७ विजुवा मार्गस्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने समेत जनाइएको छ ।
आयोजकले सामाजिक गर्दै यसअघि पनि यस्ता प्रतियोगिता आयोजना गर्दै आएको थियो । ‘यसकै निरन्तरतास्वरुप सिङ्गापुर पुलिसबाट छुट्टीमा आएका सिङ्गापुर लिफ टिमसँगको सहकार्यमा प्रतियोगिता हुन लागेको हो’, उनले भने ।
प्रतियोगिताको अनुमानित बजेट १५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगितामो प्रचारका लागि असोज ८ गते नेपाल पत्रकार महासंघ सुनसरी र पूर्व सिङ्गापुर टिमबीच मैत्रीपूर्ण फुटसल आयोजना हुने जनाइएको छ ।

प्रकाशित मिति: असोज ६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend