धरानः च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको प्रचारको लागि शुक्रबार सम्पन्न भएको मैत्रीपूर्ण खेलमा पूर्व सिंगापुर पुलिस टिम विजयी भएको छ ।
पूर्व सिंगापुर पुलिस टिमले नेपाल पत्रकार महासंघ, सुनसरी टिमलाई १३–११ गोल अन्तरले पराजित गरेका छन । प्रतिस्पर्धात्मक भएको खेलमा पूर्व सिंगापुर टिमका पूर्व सिंगापुर चिफ इन्स्पेक्टर श्याम लिम्बूले व्यक्तिगत ६ गोल गरेका थिए भने पत्रकार महासंघको तर्फबाट व्लाष्ट टाइम्स दैनिकका भोजराज श्रेष्ठले व्यक्तिगत ५ गोल गरेका थिए । खेलपश्चात् आयोजक मितरी फुटसलका तर्फबाट पत्रकार महासंघलाई मायाको चिनो प्रदान गरिएको थियो ।
मितरी फुटसलका अध्यक्ष लुकेन्द्र राई र पूर्व सिंगापुर एसपी वीरेन्द्रविक्रम लिम्बूको हातबाट महासंघ अध्यक्ष जनकऋषि राईलाई प्रदान गरिएको थियो । मितेरी फुटसल र सिंगापुर पुलिस लिफ टिमको आयोजनामा यही असोज १० गतेदेखि १२ गतेसम्म सिंगापुुर मितेरी फुटसल प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा धरान, इटहरी, काठमाण्डौ, पोखरा, चितवन, मोरङ, झापा, धनकुटा, लगायतबाट करिब ३० टिमले सहभागिता जनाउनेछ । प्रतियोगिताका बिजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तैगरी उत्कृष्ट खेलाडी, गोलकिपर र हाइस्कोररले जनही नगद २ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताबाट उठेको रकमले धरान–१३ वडामा रहेको प्रेटोल पम्पदेखि भेडेटारसम्मको घुम्तीमा र धरान उपमहानगरभित्रका जोखिमयुक्त घुम्ती तथा चौकहरुको ५० स्थानमा ट्राफिक मिरर राखिने भएको छ भने धरान–१७ विजुवा मार्गस्थित एकल महिला जानुका विकको घर निर्माणमा सहयोग गरिने आयोजकले जनाएको छ ।