Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मारवाडी महिला र युवाले गरिदिए दाँतको निःशुल्क परीक्षण

हाम्रो कोशी आवाज
असोज १० २०७८, आइतबार
धरानमा मारवाडी महिला र युवाले गरिदिए दाँतको निःशुल्क परीक्षण

धरानः मारवाडी युवा मञ्च र मारवाडी महिला मञ्च धरानको संयुक्त आयोजनामा निःशुल्क दन्त शिविर आयोजना भएको छ ।
धरान–४ वसन्तटारस्थित ज्योति माविमा आयोजना गरिएको शिविरमा १ सय १४ जना बालबालिका लाभान्वित बनेको मञ्चका अध्यक्ष दिनेशकुमार अग्रवालले जानकारी दिए । महिला मञ्चकी अध्यक्ष गीता अग्रवालले बालबालिकालाई टुथपेष्ट र ब्रस पनि हस्तान्तरण गरिएको बताइन् । कार्यक्रममा केही महिलाहरुको पनि दन्त परीक्षण गरिएको थियो । धरान डेन्टल क्लिनिकका डा.नन्दन श्रेष्ठको टोलीले उनीहरुको स्वास्थ्य परीक्षण गराएका थिए ।
मञ्चले सामाजिक कार्यअन्तर्गत यस्तो भूमिका निभाएको महासचिव एके भाटीले जानकारी दिए ।
‘यसअघि पनि मञ्चले विभिन्न सामाजिक गतिविधिमा सक्रियता देखाउँदै आएको थियो’, उनले थपे, ‘यसअघि मास्क वितरण, राहत वितरण, शैक्षिक सामग्री वितरणलगायतका कार्यक्रम आयोजना गर्दै आएका थियौं र यसपटक निःशुल्क स्वास्थ्य शिविर गरेर सामाजिक कार्यको थालनी गरिएको छ । अझै अन्य सामाजिक गतिविधि पनि गरिरहनेछौं ।

प्रकाशित मिति: असोज १० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend