Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्कुल लाग्यो

हाम्रो कोशी आवाज
असोज १० २०७८, आइतबार
धरानमा स्कुल लाग्यो

धरानः धरानमा निजी र सामुदायिक विद्यालय खुलेका छन् ।
झन्डै ७ महिनापछि स्कुलमै गएर पढ्न पाउँदा विद्यार्थी फुरुङ्ग बनेका छन् । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले असोज १० गते अर्थात् आइतबारदेखि स्कुल खुलाउने निर्णय गरेको थियो । निर्णय भएको दिनदेखि नै अब स्कुल लाग्छ रे भन्ने खबर पाएका बालबालिका फुरुङ्ग समेत बनेका थिए ।
‘घरमा महिनौंसम्म कोचिएर बस्नुपर्दा केही असजिलोचाहिँ भएकै हो’, धरानस्थित विष्णु मेमोरियल माविकी कक्षा–९ मा पढ्ने छात्रा सुमी राईले भनिन्, ‘यसअघि पनि अनलाइन कक्षा पढेकै थियौं तर भौतिक उपस्थितिमा हुने पढाइजस्तो त भएन, अहिले स्कुलमै आएर पढ्न पाएका छौं, खुशी छु ।’ धरानमा निजी र सामुदायिक दुवै स्कुल खुलेका छन् । यस्तै, बिहान कलेज पनि खुलेका थिए ।
यसअघि धरान उपमहानगरपालिकामा दशैं–तिहारपछि मात्रै स्कुल लगाउनेबारे निर्णय भएको थियो । तर बालमैत्री धरान उपमहानगरपालिकामा बालबालिकाले पढ्न पाउने अधिकारबाट वञ्चित गर्न खोजिएको भन्दै बाल सञ्जाल, प्याब्सन, एनप्याब्सन, एसिसीलगायतले पुनर्विचारका लागि आग्रह गरेका थिए । त्यसपछि असोज १० गतेपछि स्कुल खोल्ने निर्णय भएको हो । तस्वीरमा क्रमशः धरान–१४ स्थित आइडियल स्कुल, धरान–१ स्थित धरान आदर्श, विजयपुर स्कुल, धरान–१३ स्थित प्रहरी स्कुल, युरेका आवासीय मावि, धरान–१२ स्थित पब्लिक मावि र धरान–९ स्थित विष्णु मेमोरियलका विद्यार्थीहरु ।
तस्वीरहरुः हाम्रो कोशी आवाज 

प्रकाशित मिति: असोज १० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend