Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटामा कांग्रेसः देउवाभन्दा पौडेल समूह दर्बिलो

हाम्रो कोशी आवाज
असोज ११ २०७८, सोमबार
धनकुटामा कांग्रेसः देउवाभन्दा पौडेल समूह दर्बिलो

धनकुटा: नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत धनकुटामा सभापति शेरबहादुर देउवा भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ।
धनकुटाका सात स्थानीय तहमा पौडेल समूहले चार र देउवा समूहले दुई ठाउँमा नेतृत्व लिएको छ। एक स्थानीय तहमा अधिवेशन नै स्थगित भएको छ। ६ स्थानीय तहमा सम्पन्न अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत भएको छ भने दुई स्थानीय तहमा निर्वाचन भएको थियो।
सर्वसम्मतबाट विजयी हुनेमा साँगुरीगढी गाउँपालिका नेपालधन राई र छथर जोरपाटी गाउँपालिकाका छत्र सुब्बा पौडेल समूहका हुन। यस्तै निर्वाचनबाट विजयी भएका महालक्ष्मी नगरपालिका ध्रुबराज राया र चौविसे गाउँपालिकाका गुणराज राई पनि पौडेल समूहका हुन् । सर्वसम्मतबाट विजयी हुने पाख्रिवास नगरपालिकामा प्रेम भण्डारी र सहिदभूमि गाउँपालिकाका दिपेश राई भने देउवा समूहका हुन्।

प्रकाशित मिति: असोज ११ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend