धरानः धरान उपमहानगरपालिका १४ स्थित दुईधारेमा केही व्यक्तिहरुले नक्कली धनीपुर्जा बनाएर ठग्ने काम गरिरहेका छन् । आचार्य परिवारको पुस्तौनी जग्गामा केही व्यक्तिहरुले नक्कली धनीपुर्जा बनाई सोझासाझा व्यक्तिहरुलाई ठगी गर्ने उद्देश्य यस्तो हर्कत गरेको पाइएको छ ।
अहिले नक्कली धनीपुर्जा बनाएर केही व्यक्तिहरु सक्रिय समेत रहेको पाइएको छ । दुईधारे पश्चिममा रहेको कि.नं. ३८ को १९ कट्ठा ५ धुर जग्गामा यस्तो खेल खेलेको पाइएको छ । पहिला बैना लियो, त्यसपछि बेपत्ता भएको हामीले सुनेकै छौं । त्यसकारण यो काम पनि त्यसैबाट प्रेरित हो कि भन्ने हाम्रो आशंका छ । मालपोतमा गएर बुझ्दा अहिलेसम्म त्यस्तो व्यक्ति आएको छैन भन्ने बुझेका छौं ।
अर्काको जग्गाको किर्ते लालपुर्जा बनाइ ठगी गर्दा धेरैलाई समस्या भएको हामीले देखेका, भोगेका र सुनेका नै छौं । त्यसकारण हामीले पनि यसबारेमा सोझासाझा मानिसहरु यसको मारमा नपरुन् भनेर यो सचेत गराइएको हो । राम्रोसँग बुझेर मात्रै जग्गा खरिद गर्न हुन सबैमा हार्दिक अनुरोध गर्दछौं । यसअघि ३८ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ ।
आचार्य परिवार, धरान-१४