Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र अब काम चलाउमात्रै

हाम्रो कोशी आवाज
असोज १४ २०७८, बिहिबार
धरानको बीपी प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र अब काम चलाउमात्रै

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी कामचलाउमा परिणत भएका छन् ।
सरकारले उनलाई दैनिक प्रशासनिक कामबाहेक अन्य गतिविधि नगर्न भनेको छ । मन्त्रालयले उनलाई सिनेट बैठकबाट निर्णय नभएसम्म दैनिक प्रशासनिक कामबाहेक अन्य काम नगर्न भनेको छ ।
उपकुलपति गिरीले प्रतिष्ठानका प्राध्यापकहरुलाई स्पष्टीकरण लिन थालेपछि सरकारले उनलाई सचेत गराउँदै पत्र पठाएको हो । प्रतिष्ठानका कर्मचारी तथा प्रोफेसरलाई स्पष्टीकरण सोध्ने तथा प्रतिष्ठानमा दीर्घकालीन असर पर्ने कुनै पनि कार्य नगर्न–नगराउन मन्त्रालयले उपकुलपति गिरीलाई निर्देशन दिएको छ ।
प्रतिष्ठानमा केही दिनअघि सम्पन्न एक कार्यक्रममा सिनेट सदस्य समेत रहेका प्रतिष्ठानका प्राडा पारसकुमार पोखरेललाई कार्यक्रमको नेतृत्व गरेको भन्दै उपकुलपति गिरीले स्पष्टिकरण सोधेपछि मन्त्रालयले पत्र लेखेको हो ।

प्रकाशित मिति: असोज १४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend