Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान जेसीजको सप्ताह शुरु

हाम्रो कोशी आवाज
असोज १७ २०७८, आइतबार
धरान जेसीजको सप्ताह शुरु

धरानः धरान जेसीजको वार्षिक योजनाअन्तर्गत पर्ने समुदायलाई लक्षित कार्यक्रम ‘जेसीज सप्ताह–२०२१’ आइतबारबाट शुरु भएको छ ।
हप्ताभरि प्रत्येक दिन फरक–फरक प्रकारका समुदायिक कार्यक्रम आयोजना हुने सप्ताहको पहिलो दिन उदघाटनसँगै ‘स्वस्थ जीवनको लागि साइकल’ को नाराको साथ साइकल यात्रा कार्यक्रम सञ्चालन गरिएको छ । साइकल यात्रामा सुनसरी साइक्लिङ एशोसिएशन, धरान जेसीज, तरहरा जेसीज, तहरा साइकिलिङ एशोसिएशन, पीएचआरएनलगायतबाट ५० जना साइकलयात्रीले सहभागिता जनाएका छन् ।
धरानको छोटो दुरीको पर्यकीयस्थलहरुलाई प्रवद्र्धनस्वरुप आयोजित साइकल यात्रा धरान–२ स्थित रुद्राक्ष पार्कबाट शुरु भई क्रमश भानुचौक, छाताचौक लक्ष्मीचौक, विजयपुरचौक, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर हुँदै धरान–३ चिनिया चौकस्थित धरान जेसीजको सचिवालयमा आएर टुङगिएको थियो ।
यात्रा पश्चात सचिवालयमा धरान जेसीजका अध्यक्ष मणिराज अधिकारीको सभापतित्वमा प्रमुख अतिथि इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी नरेन्द्र कुँवरद्वारा जेसीज सप्ताहको उदघाटन उद्घाटन गरिएको छ ।
धरान जेसीजकी समुदायतर्फकी कार्यकारिणी उपाध्यक्ष आयुष्मा लिम्बू (खेमकला) को मूल संयोजन तथा सदस्य राजेन्द्र रिजालको संयोजनमा आयोजित सो कार्यक्रममा धरान जेसीजका पदाधिकारी, पूर्व अध्यक्ष, प्रथम महिला, परीवेक्षकहरु तथा विभिन्न संस्थाहरुको प्रतिनिधीहरुको उपस्थितिमा भएको हो । यसैगरी सप्ताहको दोस्रोदिन मैत्रीपूर्ण फुटसल प्रतियोगिता, तेस्रोदिन विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री वितरण, चौथो दिन सामुदायिक स्वास्थ्य परीक्षण कार्यक्रम, पाँचौ उदघोषण कला तालिम, छैटोदिन वक्तृत्वकला प्रतियोगिता र सातौंदिन सप्ताह समापन कार्यक्रम हुने मूल संयोजक आयुष्माले जानकारी दिइन् ।

प्रकाशित मिति: असोज १७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend